बुढीगंगा ४ मा एमालेलाई भारी मतले पछि पार्दै काँग्रेसका शाह विजयी

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका ४ को वडाध्यक्षमा काँग्रेसका मीनबहादुर शाह विजयी भएका छन् । आइतबार बिहान आएको वडा अन्तिम परिणाममा उनी ८४० मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरे ।  उनका प्रतिस्पर्धी एमालेका रावलले १८२ मत मा पाएका छन् ।