प्रतिनिधि सभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै बैठकको कार्यसूची तय गर्ने विषयमा छलफल गर्न बिहान साढे ११ बजे सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएकाले कार्यव्यवस्था परामर्श समितिमा संसद्को अवरोध खुलाउनेबारे पनि छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ...