हुथी विद्रोहीद्वारा अमेरिकी युद्धपोतमाथि आक्रमण

यमनको हुथी विद्रोही समूहले अदनको खाडीमा पुनः अमेरिकी युद्धपोतमाथि आक्रमण गरेको छ। हुथी समूहले बेलायती मालवाहक जहाजमा समेत आक्रमण गरेको छ । इजरायल–हमास युद्धपछि अदनको खाडीमा सक्रिय रहेको हुथी समूहले अमेरिका तथा बेलायतका मालवाहक जहाज लक्षित आक्रमण बढाएको हो। गएराति भएको हुथी आक्रमणमा बेलायती जहाजमा आगो लागेको छ। मानवीय क्षति भएको बारेका विवरण भने सार्वजनिक भएका छैनन्। हुथीले पुनः युद्धपोतलाई नै निशाना बनाएर ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि अमेरिकी सैनिक हुथीविरुद्ध थप आक्रामक बन्ने

सम्बन्धित सामग्री

यमनका हुथी विद्रोहीले झारे अमेरिकी ड्रोन

काठमाडौं । यमनका हुथी विद्रोही समूहले अमेरिकाको सैन्य ड्रोन झारेको छ । यस्तै उनीहरुले अमेरिकी स्वामित्वको तेल कन्टेनरमा तोडफोड गरेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार अमेरिकाको एकक्यू नाइन नामको ड्रोन झारेका हुथीले अमेरिकी तेल कन्टेनरमा पनि तोडफोड गरेका हुन् । अमेरिकाले इजरायलले गाजामा गरेको नरसंहारको पक्षमा समर्थन गरेको भन्दै हुथीले यस्तो आक्रमण गर्दै […]