कर असुल्ने तयारीमा पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा क्षेत्रमा हाल मापदण्डविपरीत निर्माण भएका घर तथा भवनलाई एक पटकका लागि मान्यता दिँदै त्यस क्षेत्रबाट ठूलो मात्रामा कर संकलन गर्ने बताएका छन् ।पोखरा महानगरको ११औं नगरसभा सम्पन्न भएको सन्दर्भमा सोमबार पोखरामा आयोेजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर आचायर्ले मापदण्डविपरीत निर्माण भएका घर तथा भवनबाट कर संकलन हुन नसकेकाले एक […]

सम्बन्धित सामग्री

पोखरा महानगरपालिका–१२ ले ल्यायो मोबाइल एप

कास्की । पोखरा महानगरपालिका–१२ ले नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । नागरिकलाई घरबाटै सेवा लिन सक्ने बनाउन मोबाइल एप सञ्चालनमा ल्याइएको हो । नागरिकलाई प्रविधियुक्त सेवा दिने उद्देश्यले तयार पारिएको मोबाइल एप बुधवार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक गरेका हुन् । उक्त एपबाट इन्टरनेटको पहुँच भएका वडावासीले जन्मदर्ता, विवाहदर्ता र नाता प्रमाणितको सेवा लिन सक्छन् । एपमा जनप्रतिनिधिलाई गुनासो गर्न मिल्ने सुविधा समेत छ । नागरिकले प्राप्त गर्ने सेवा सहज बनाउँदै घरबाटै सेवा लिने कार्यको शुरुआत गर्ने प्रयासस्वरूप मोबाइल एपको विकास गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘नागरिकले सहज रूपमा घरबाटै सेवा प्राप्त गर्नेगरी एप तयार पारेका छौं । यो सार्वजनिक भएसँगै नागरिकले घरबाटै सेवाको उपयोग गर्नेछन् ।’ उनका अनुसार मोबाइल एपमार्फत वडाका सेवाबारे जानकारी दिइनेछ । मोबाइल एप परिमार्जन गर्दै छात्रवृत्तिका लागि आवेदन दिन र घरबाटै कर तिर्न सकिने व्यवस्था गरिने बताइएको छ ।

कोरियाका सांसद र पोखरा महानगरपालिका प्रमुखबीच भेटघाट

पर्वत : कास्कीको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र दक्षिण कोरिया राष्ट्रियसभाका सदस्यहरूको टोलीबीच शिष्टाचार भेट भएको छ।पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी भएका थिए।भेटवार्ताका क्रममा पोखराको फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रीन ट्रन्सपोर्टेसनलगायतका विषयमा छलफ

पोखरा महानगरपालिका–१८ मा पुनः मतगणना गर्नुपर्ने एमालेको माग

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा  मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन...

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो । सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो । विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको […]

पोखरा महानगरपालिका: धनराज ८६९ मतले अगाडी

पोखरा, जेठ ३ । जारी पोखरा महानगरपालिकामा मतगणना अनुसार ८६९ मतले गठबन्धनका धनराज आचार्यको अग्रता रहेको छ । पछिल्लो १८,१२० मत गणना भइसक्दा धनराजले ७४१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ६५४५ मत पाएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छिन् । […]

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मतको अन्तर

पोखरा, ३१ वैशाख : पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु […]

पोखरा महानगरपालिका : मेयरका उम्मेदवारले गरे मतदान

कास्की :  स्थानीय तह निर्वाचनका लागि देशभर अहिले मतदान जारी छ। यसैबीच पोखरा महानगरपालिकाका मेयरका प्रत्याशीहरूले आफ्नो मतदान केन्द्रबाट भोट हालेका छन्। अटेरी अभियानका तर्फबाट पोखरा महानगरको प्रमुख पदका उम्मेदवार गणेश पौडेल पोखराको मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा मतदान गरेका हुन्।यस्तै, एमालेका प्रमुख पदका उम्मेदवार थापाले  पोखरा महानगरपालिका- १६ बाटुलेचौरस्थित बिन्दवासिनी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन्। गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार उठेक

भुमिहीनले घेरे पोखरा महानगरपालिका

काठमाडौं, ७ चैत्र । भुमिहीन सुकुम्बासीलाई पोखरा महानगरपालिकाले सहयोग नगरेको भन्दै भुमिहीनहरुले कार्यालय घेरेका छन् । आज न्युरोडस्थित महानगर कार्यालयअघि नाराबाजी गर्दै भुमिहीनहरु प्रदर्शनमा उत्रिएका हुन् । ४०/४५ ठाउँमा सुकुम्बासी रहेको पोखरा महानगरमा उनीहरुले भ्रष्टाचारको विरोध गर्दै तत्कालै भुमिहीन समस्या समाधान गर्न समेत उनीहरुले माग गरेका छन् ।

पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान लगभग ४ बजे हृदयघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ । स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको […] The post पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.