रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]

सम्बन्धित सामग्री

युद्द सुरु भएपछि रसियाको स्टक एक्सचेन्जमा कारोबार स्थगित

रुसको सबैभन्दा ठूलो स्टक एक्सचेन्जको रुपमा रहेको मस्को स्टक एक्सचेन्जमा कारोबार स्थगित गरिएको छ  । मस्को स्टक एक्सचेन्जले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मको लागि अनिश्चितकालको लागि कारोबार स्थगित गरेको जनाएको छ  । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को स्टक एक्सचेन्जले कारोबार स्थगित गरेको हो । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएसंगै रुसले युक्रेन माथि आक्रमण थालेको हो । विश्वभरको समाचारहरु ट्वीटर एकाउन्ट मार्फत जानकारी दिने स्पेकटेटर इन्डेक्सका अनुसार अहिले रुसले  ब्यालिस्टिक र क्रुज मिसाईलद्वारा आक्रमण गरिरहेको छ । युक्रेनका अधिकारीलाई उधृत गर्दै उसले रुसी सेनाहरु बोर्डर पार गरेर युक्रेनको भूमिमा प्रवेश गरिरहेको जनाएको छ । रुसले यस अघि नै सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको थियो । अमेरिकी सेनेटर मारको रुबियोले रुसले युक्रेनमा रहेको अन्तराष्ट्रिय विमानस्थल कब्जा गर्न खोजेको र त्यही क्षेत्रको आसपास आक्रमण गरिरहेको बताएका छन् । राजधानी किभ र दोस्रो ठूलो शहर खार्किभ लगायतका युक्रेनका विभिन्न भागमा ठूला बिस्फोटका आवाज सुनिएका छन् । अमेरिका लगायतका पश्चिमा देशले भने तुसको कदमको निन्दा गर्दै यसको जिम्मेवारी रुसले नै लिनु पर्ने बताएका छन् । रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता  दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' ।  हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।   साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ ।