अवैध गाँजा खेति नष्ट

काठमाडौँ– प्रहरीले चितवनमा अवैध गाँजा खेति नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गरेको हो । प्रहरीका अनुसार करिब ४८ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ । प्रहरील गाँजा नष्ट गरेपछि स्थानीयबासीहरुसँग अन्तरक्रियासमेत गरेको थियो ।