भारतीय गायिका नेहाको स्वरमा करुण थापाको नेपाली गजल

काठमाडाैं : करुण थापा नेपाली गजल विधामा कोमल भावलाई बढी सम्प्रेषित गर्न रुचाउने सशक्त तथा अग्रणी स्रष्टाको रूपमा चिनिन्छन्।तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ !टुक्रिएको फूल हूँ म बतासले चोट लाग्छ !!उनैले कलमवद्ध गरेका र दशकौँदेखि हजारौँ पाठकद्वारा अति मन पराइएको गजल बतासले चोट लाग्छ रेकर्ड गरी त्यसको स्टुडियो भर्सन हालै म्युजिक सूत्र युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।नेपाली संगीतमा हजारौँ कर्णप्रिय धूनहरु सिर्जना गरी आफ्नो एउटा अलग्गै स्थान बनाउन सफल संगीतकार स

सम्बन्धित सामग्री

‘छायाँदेवी चेतनाथ गजल पुरस्कार’ मफलर र बोईलाई

काठमाडौं- गजलकारद्वय: प्रदीप रोदन र वसन्त ओली ‘वसन्ती’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार प्राप्त गर्ने भएका छन्। लामो समयदेखि नेपाली गजल क्षेत्रमा क्रियाशील एवम् युवा पुस्तामा रुचाइएका यी दुई गजलकारले आफ्नो पुस्तक ‘मफलर’ र ‘बोई’ मार्फत् उक्त पुरस्कार प्राप्त गर्ने भएका हुन्। वसन्तीको ‘बोई’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार- २०७८ र रोदनको ‘मफलर’ले छायाँदेवी चेतनाथ गजल पुरस्कार- […]

नेपाली गजल गायनमा नौलो प्रयास : आठ गजलकारको एकल गजल

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ ।  यौटै गजलमा ८ फरक गजलकारहरुको १/१ शेर समावेश गरेर तयार गरिएको सॉंगीतिक गजल ‘तिमीलाई...

नेपाली गजल गायनमा नौलो प्रयास

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।...

नेपाली गजल गायनमा नौलो प्रयास

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाइमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ।...

नेपाली गजल गायनमा नौलो प्रयास’तिमीलाई हेर्दाहेर्दै’ सार्वजनिक

अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा नेपाली गजल गायनमा नयॉं प्रयोग भएको छ। एउटै गजलमा ८ फरक गजलकारहरुको १-१ शेर समावेश गरेर तयार गरिएको सॉंगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै’ अमेरिकाको समय अनुसार शुक्रबार सॉंझ ७ बजे (मार्च ३ २०२३) गजलयात्राको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त […]

घनेन्द्रलाई ‘गजल सारथि’ सम्मान

काठमाडौं : साहित्यकार घनेन्द्र ओझालाई ‘गजल सारथि’ सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले दोसल्ला र सम्मानपत्रले ओझालाई सम्मान गरेका हुन्। ओझा विगत २ दशकदेखि नेपाली गजलको विकास, विस्तार र परिष्कार अभियानमा निरन्तर सक्रिय छन्।परिषद्का कोषाध्यक्ष विवश पौडेलले घनेन्द्र ओझाको नेपाली गजल क्षेत्रमा योगदानको चर्चा गरेका

युवा परिषदले घोषणा गर्‍यो गजल, टिकटक र युट्युब प्रतियोगिताका विजेता

२६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको सन्देशमुलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । परिषदले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो भएका छन् । झापाकी सरु आचार्य (दुलाल)ले […]

१ लाख राशिको गजल प्रतियोगिता हुँदै

काठमाडौं  : अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा १ लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिएको छ।परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्। परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ।यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक क

गजल प्रतियोगिता हुने, प्रथमलाई ४० हजार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषद् भक्तपुरले गजल प्रतियोगिता गर्ने भएको छ । अनाम मण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा हुन लागेको प्रतियोगिताका लागि साउन २० सम्म रचना पठाउन भनिएको छ । गजल प्रतियोगितामा प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

चर्चित गजल 'नबिर्से तिमीलाई'मा रचना रिमालको स्वर [भिडियो]

चर्चित गजल गीत नर्बिसे तिमीलाई लाई पुनः रेकर्ड गरेर बजारमा ल्याइएको छ । पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले चर्चित गजल नबिर्से तिमीलाई गाएकी छन् ।  अन्जु पन्तको स्वरमा सजिएको यो गीतलाई अहिले गायिका रिमालले गाएकी हुन् । नेपाली गजल इतिहासमै सफल गजलको रुपमा चर्चित यो गजल गजलकार विपिन किरणले रचेका हुन् ।  यस्तै महेश खड्काले यस गजलमा संगीत भरेका छन् ।