१७ वर्षदेखि रोकियो ६ हेलिकप्टर दिने अमेरिकी प्रस्ताव

संयुक्त राज्य अमेरिकाले १७ वर्षअघि गरेको सैन्य सहायता प्रतिबद्धता अझै पूरा गरेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा अमेरिकाले नेपाली सेनालाई ६ वटा हेलिकप्टर अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, प्रतिबद्धता जनाएको १७ वर्ष वितिसक्दा पनि अमेरिकी अनुदान सहयोगका कुनैपनि हेलिकप्टर नआएको नेपाली सेनाका अधिकारीले जानकारी दिए ।