काठमाण्डाै - नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दै छ । कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् । बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु सिंहदरबार पुगिसकेका छन् । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने पुगेका छैनन् ।
ओली समूहबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले आफूहरु बैठकका लागि पुगिसकेको र माधव नेपाल समूहलाई पर्खिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले यो पक्ष र त्यो पक्ष भन्ने कुरा बिर्सिसकेक...