बाबुरामको पार्टीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख, दुई कार्यकाल मात्र हुन पाइने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।  घोषणपत्रमा संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ भने संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ...