क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रा