निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का नेताहरुको सनाखत जारी

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत जारी छ। नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन्। उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए।