विगत केही दिनदेखि न्यायको माग गर्दै एक कुमारी आमा बसन्तपुरमा आमरण अनसनमा बसेकी छिन् । उनीसँगै उनको २१ महिने छोरो पनि सँगै छ । आफूमाथि बलात्कार गर्ने ‘अपराधी’लाई न्यायालयले जोगाएको भन्दै उनी धनुषा जिल्ला अदालतको फैसलाप्रति रुष्ट छिन् । र, उच्च अदालतले छिटो न्याय दियोस् भन्ने उनको माग छ ।कुमारी आमा भनेर चिनाउने निहारिका राजपुत (नाम परिवर्तन) ले आफूलाई धनुषाकै महेन्द्रनगर घर भएका शिवराज श्रेष्ठले जबरजस्ती करणी गरी गर्भवती बनाएर छाडेको कारण दोषीलाई कारबाही र आफूलाई न्याय चाहियो भन्दै पटक