काठमाडौं, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटा कुनै हालतमा एमसीसी टेबुल नगर्ने पक्षमा दृढ देखिएका छन् । उनलाई आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले एमसीसी सम्झौता निर्णयमा लान सदनमा पेश गर्न लागेको जानकारी दिएपनि टेबुल नगर्ने संकेत गरिदिए । सभामुखले प्रमुख प्रतिपक्षीले सदन सुचारु गर्नुपर्ने, दलहरुबीच सहमति बन्नुपर्ने विषय राखे । बडू […]