बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा ढिलाइ

काठमाडौं । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ढिलाइ भएको छ । वर्षौंदेखि बन्द रहेको कारखाना मर्मतसम्भार तथा सञ्चालनका लागि अर्थ मन्त्रालयले दिने भनेको २१ करोड रुपैयाँ अझै निकासा भएको छैन । सरकारले गत असोजमा बन्द अवस्थामा रहेको कारखाना पुनः सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो । आविष्कार केन्द्रले जिम्मेवारी पाएसँगै कारखानामा रहेका उपकरणको अवस्थाबारे अध्ययन गर्न गठित प्राविधिक कार्यदलले त्यहाँ रहेका ५४ मध्ये ४३ ओटा मेशिन मर्मतपछि मात्रै कारखाना सञ्चालन गर्न सकिने प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको थियो । आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले समयमै बजेट निकासा नगर्दा कारखाना सञ्चालनमा ढिलाइ भइरहेको बताए । ‘लामो समयदेखि बन्द अवस्थामा रहेकाले कारखानाका अधिकांश मेशिन खिया लागेको अवस्थामा छन् । तिनको सरसफाइको काम सकिएसँगै केन्द्रले आफ्नै लगानीमा केही मेशिन औजार मर्मत गरी बुधवारदेखि परीक्षणका रूपमा काम शुरू गरिसकेको छ तर बजेट नहुँदा पूर्ण रूपमा काम अघि बढाउन ढिलाइ भएको छ,’ उनले आर्थिक अभियानसँग भने । सरकारले दिएपछि काम गरौंला भनेर पनि कति बस्ने भनेर आफ्नै लगानीमा केही मेशिन मर्मत गरिएको उनले बताए । नयाँ मेशिन किन्न सरकारले बजेट दिएपछि मात्रै सहज रूपले काम अघि बढ्ने उनले स्पष्ट पारे । आफूहरू काम गर्न आतुर भए पनि बजेटकै कारण अघि बढ्न नसकेको आविष्कार केन्द्रको भनाइ छ । अर्थ मन्त्रालयले भने स्रोत नजुटेका कारण रकम निकासामा ढिलाइ भएको बताएको छ । अर्थका सूचना अधिकारी कमलकुमार भट्टराईले स्रोत नजुटेका कारण रकम निकासामा ढिलाइ भएको र कहिलेसम्म बजेट निकासा हुन्छ भन्ने कुरा अनिश्चित रहेको जानकारी दिए । करीब ३ दशकदेखि बन्द अवस्थामा रहेको कारखाना आविष्कार केन्द्रले आगामी १० वर्षसम्मका लागि सञ्चालनको जिम्मा पाएको छ । सम्झौताअनुसार योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरणलगायत काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालीमसमेत सञ्चालन गरेर जनशक्ति उत्पादन तथा विक्री गर्न पाउनेछ । औजार विक्रीबाट प्राप्त करपछिको रकमको ५० प्रतिशत आविष्कार केन्द्रले कोष खडा गरी जम्मा गर्नु पर्नेछ । बाँकी ५० प्रतिशत सरकारको खातामा जम्मा गर्नुपर्ने सम्झौता छ ।

सम्बन्धित सामग्री

कृषि औजार कारखाना पूर्ण सञ्चालनमा ल्याउन सांसद यादवको माग

जनता समाजवादी पार्टी (जसपा) प्रमुख सचेतक प्रदीप यादवले वीरगंजको कृषि औजार कारखाना पूर्ण सञ्चालनमा ल्याउन माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले महावीर पुनले मेडल बेचेर चलाउन खोज्दा सरकारले...

कहिले बन्द भयो कृषि औजार कारखाना ?

अर्थ ज्ञान राज्यको महत्वपूर्ण उद्योगका रूपमा रहेको कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेको छ । तत्कालीन राजा महेन्द्रले ०२४ फागुन २८ मा सोभियत संघ सरकारले उपहारस्वरूप निर्माण गरिदिएको उद्योग उद्घाटन...

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं : सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ। उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे। गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने न

कृषि औजार कारखाना : रुसको लगानीदेखि महावीरको प्रवेशसम्म

११ असोज, वीरगञ्ज । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रको जिम्मा लगाएको छ । आविष्कार केन्द्रले कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालयका सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । सम्झौतासँगै २८ फागुन २०२४ मा रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी […]

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई  पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको हो ।अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरे । गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले करिब तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय ग

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाएको छ ।

फेरि सञ्चालनमा आउला त वीरगञ्ज चिनी र कृषि औजार कारखाना ?

२२ जेठ, वीरगञ्ज । वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना दुवै लामो समयदेखि बन्द छ । यी कारखाना सञ्चालनमा ल्याउने सरकारको पटक–पटकको भनाइ फोस्रो बाचा साबित हुँदै आएको छ । सरकारले यसपटक पनि यी कारखाना चलाउने कार्यक्रम बजेटमार्फत ल्याएको छ । वीरगञ्ज चिनी कारखाना तत्कालीन सोभियत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ माघबाट सञ्चालनमा […]

चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए । “यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा

खण्डहर बन्यो एकमात्र कृषि औजार कारखाना

१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]