काठमाडौं । नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ । कस्मेटिक, सौन्दर्य र वेलनेससम्बन्धी एक्स्पो ’कस्मेटिका एक्स्पो’ राजधानीको नक्सालमा शुरु भएको हो । हाउस अफ राजकर्णिकारको आयोजनामा नेपालमा पहिलो तथा एक मात्र बृहत ट्रेड शो, कस्मेटिका- २०२५ काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा शुक्रबारदेखि शुरु भएको हो । ३ दिनसम्म संचालन हुने भएकाे छ। कस्मेटिका […]
काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ । आज यहाँ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गरे । उनले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए । मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण […]
काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिए । प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषदले गृहमन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ। त्यसैगरी सरकारले वैदेशिक रोजगारीका […]
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै वीरगञ्ज भन्सार नाका हुँदै ठूलो मात्रामा खाद्यान्न आयात भएको छ । यो अवधिमा करिब रु आठ अर्ब ७७ करोड मूल्य बराबरका खाद्यान्न नेपाल भित्रिएका छन् । भन्सारको तथ्याङ्क हेर्दा १७ प्रकारका खाद्यवस्तु गरी जम्मा १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यान्न आयात भएको देखिन्छ । वीरगञ्ज भन्सार […]
काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा बिहीबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती […]