आजदेखि ट्यांकरका चालक सहचालकलाई खोप लगाइने

काठमाडौँ । पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलवार भएको छलफलपछि बुधवारदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउने सहमति भएको हो। निगमको प्रादेशिक कार्यालय थानकोटबाट संचालित ट्याङ्कर चालक र सहचालकलाई खोप […]

सम्बन्धित सामग्री

आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने

यसैगरी गोदावरी नगरपालिकामा  ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं  ‘क’ र ‘ख’ वर्गमा परेका  अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ।

काठमाण्डौ उपत्यकामा ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक, प्राध्यापक, शिक्षक, चालक र सहचालक तथा अत्यावश्यक सेवामा काम गर्नेहरुलार्ई पहिलो मात्राको खोप लगाइनेछ ।  काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ...

टोखामा यी स्थानमा लगाइँदै छ भेरोसेलको पहिलो डोज, क–कसले लगाउन पाउँछन् ?

काठमाडौं । टोखा नगरपालिकामा आजदेखि कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइँदै छ । ५५ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्ति, शिक्षक, विदेश जाने व्यक्ति, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अत्यावश्यक सेवाका कर्मचारीलाई खोप लगाइनेछ । यस्तै, भेरोसेलको पहिलो डोज लगाएका र छुट भएकालाई पनि दोस्रो डोज खोप लगाइने नगरप्रमुख...

काठमाडौंमा साउन ४ देखि जोन्सन एण्ड जोन्सन खोप लगाइने (केन्द्रको नामसहित)

काठमाडौं : काठमाडौंमा साउन ४ देखि ६ सम्म कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ। भेरोसेल खोप भने आजदेखि साउन २ सम्म लगाइने छ। दुवै खोपका लागि खोप केन्द्रहरु भने एउटै हुने जनाइएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य मन्त्रालयले निर्णय गरेको प्राथमिकता क्रमअनुसार खोप दिइने बताए । मन्त्रालयले आजदेखि ५५ वर्षमाथिका सबै नागरिक, शिक्षक, प्राध्यापक, कर्मचारी, चालक‚ सहचालक, पहिले लगाउन छुट भएका अत्यावश्यक सेवाका व्यक्ति र खोप अनिवार्य गरेका

५५ वर्ष माथिकालाई आजदेखि खोप

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि पहिलो मात्रा खोप लगाइँदै छ । सरकारले चीनबाट खरिद गरेको ४० लाखमध्ये पहिलो चरणमा ८ लाख खोप ल्याएको थियो । उक्त खोप तीन प्रदेशका ५५ वर्षमाथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्वविद्यालय र विद्यालयका शिक्षक/कर्मचारीलाई खोप दिन लागिएको हो ।

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि खोप अभियान सुरु गर्ने भएको हो ।  विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ । त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप ल

खोप अभियान आजदेखि पुनः सञ्चालन हुँदै

काठमाडौं । खोप अभियान अन्तर्गत आज (मंगलवार)देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक÷सहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको हो । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको छ । यस्तै खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक÷सहचालकलाई पनि यो खोप लगाउन लागिएको हो । प्राथमिकतामा परेर पनि पहिले लगाउन बाँकी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले समेत तोकिएका केन्द्रमा पुगेर खोप लगाउन सक्ने जानकारी मन्त्रालयका प्रवक्ता डा. अधिकारीले दिए । सोमवार अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५५ उमेर समूहबाहेक पूर्ण र अति अशक्त÷शारीरिक अपांगता भएका व्यक्ति, नेपालमा बसोवास गरिरहेका विदेशी शरणार्थी र स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीलाई लगाउने निर्णय मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार खोप यसअघि तोकिएका केन्द्रबाटै लगाउन लागिएको छ । यसका लागि सरकारबाट जारी भएको उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ । सरकारले चीनसँग ४० लाख डोज खोप खरीद गरेकोमा शुक्रवार पहिलो चरणमा ८ लाख डोज भेरोसेल र सोमवार कोभ्याक्स सुविधाअन्तर्गत १५ लाख ३४ हजार ८५० जोन्सन एण्ड जोन्सनको खोप नेपाल आइपुगेको हो । चीनसँग खरीद गरिएको खोप हरेक साता नेपाल आउने पक्का भएको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले थप खोप खरीदका लागि पनि प्रक्रिया अघि बढेको बताए । ‘कोभिशिल्ड खोपका लागि भारतबाहेकको विकल्प खोजिरहेका छौं,’ उनले भने । ‘साथै अन्य देशसँग खोप खरीदका लागि पनि पहल भइरहेको छ ।’ हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ ।