एसइई खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिन्छ : शिक्षामन्त्री राई

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयकबारे जवाफ दिँदै शिक्षामन्त्री राईले यस्तो बताएका हुन्।प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजको प्रस्ताव गरिएको छ। तर यता,सांसदहरुले खारेज गर्न नहुने सुझाव दिँदै आएका छन्।‘एसइई हटाउनुहुँदैन भन्ने छ,आधारभूत तहको परीक्षा स्थानीय तहलाई र १२ को परीक्षा संघले लिने प्रस्ताव गरिएको छ,अब एसइईको बहस भ