बाढीपहिरोको बितण्डा: एक्लिए मेलम्ची–इन्द्रावती करिडोर क्षेत्रका बस्ती

बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढीएका हुन्।