काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय चुनावमा गठबन्धनबाट पोखरा महानरपालिका दिनुपर्ने माग गरेको छ ।
सत्ता गठबन्धनमा महानगरपालिकाको नेतृत्व बाँडफाँटमा सहमति जुटाउन आइतबार बसेको बैठकमा एकीकृत समाजवादीले पोखरा महानगर र तीनवटा उपमहानगर दिनुपर्ने माग राखेको हो ।
स्रोतकाअनुसार एकीकृत समाजवादीले उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ ।
बैठकमा माओवादी केन्द्रले भने भरतपुर महानगर नछोड्ने अडान...