नारायणी नदीमा बहाव सतर्कता तहनजिक, सतर्क रहन आग्रह

काठमाडौं । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेको जनाइएको छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना जारी गर्दै चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।