पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा विप्लवनिकट विद्यार्थी संगठन आन्दोलन (फोटोफिचर)

काठमाडौं, ६ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सडक संघर्षमा उत्रिएको छ । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनीहरुले आज आर.आर. कलेजअघि मशाल जुलुससहित प्रदर्शन गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम