राष्ट्रियसभाका पूर्व सदस्य पौडेलको निधन, देउवाद्वारा दु:ख व्यक्त

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.विदुर पौडेलको निधन भएको छ ।  शनिबार बिहान पशुपतिस्थित वैद्यखानामा पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो।ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएको थियो ।  शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिए