एमसीसी शक्ति राष्ट्रको दाउपेच बन्यो : उपभापति गुरुङ

नेपाली काँग्रेसका उपभापति धनराज गुरुङले मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) महाशक्ति राष्ट्रको दाउपेजको रुपमा विकास गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनपछि बोल्दै उहाँले एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभयो। राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उल्लेख गर्नुभयो।