बर्दिया निकुञ्जमा बुधबारदेखि जंगल सफारी खुला

बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन ९ गतेबाट बन्द रहेको जंगल सफारी बुधबारदेखि सञ्चालनमा आउने भएको छ । मौसमको अवस्था हेरेर जंगल सफारी खुला गरिए पनि वर्षा लगातार भइरहे बन्द गर्ने निकुञ्जले जनाएको छ ।

सम्बन्धित सामग्री

जंगल सफारीमा जाँदा...

जंगल सफारी भन्नेबित्तिकै नेपाल आउने पर्यटकहरू बर्दिया, चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सम्झिन्छन् । विशेषगरी, जिप तथा हात्ती सफारीका लागि यी तीन गन्तव्य लोकप्रिय छन् । यहाँ सफारीका लागि स्वदेशी तथा विदेशी...

पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके । पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करीब ३०० साइकल यात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतीश निरौलाले जानकारी दिए । उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दी ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ । ‘यही माघ २६ गते बागेश्वरी मन्दिरबाट शुरू हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर र सतखलुवा ताल हँुदै ठाकुरद्वारा पुग्नेछ,’ अध्यक्ष निरौलाले भने, ‘२७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पुर्‍याउने हाम्रो योजना छ ।’ साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबै खालको समन्वय गरिसकेको भन्दै अध्यक्ष निरौलाले ‘टुर दी ठाकुरद्वारा’मा अन्तरप्रदेशीय साइकल यात्री र अन्तरराष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागी हुने उल्लेख गरे । ‘साइक्लिङलाई संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो । रासस

बर्दिया निकुञ्जमा बुधबारदेखि जंगल सफारी खुला

बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन ९ गतेबाट बन्द रहेको जंगल सफारी बुधबारदेखि सञ्चालनमा आउने भएको छ । मौसमको अवस्था हेरेर जंगल सफारी खुला गरिए पनि वर्षा लगातार भइरहे बन्द गर्ने निकुञ्जले जनाएको छ ।

वर्षायाममा जंगल सफारी बन्द

वर्षायामको समयमा बर्दिया राष्ट्रिय निकुञ्जले केही समयको लागि जंगल सफारी बन्द गरेको छ। वर्षाको समयलाई मध्यनजर गरी सोमबारदेखि निकुञ्जको जंगल सफारी बन्द गरिएको हो।...