नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो वार्षिक साधारण सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय, कमलपोखरीमा सम्पन्न गरेको छ। साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै […]