स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था भएकाले स्वतन्त्रतासँगै उत्तरदायित्व पनि गम्भीरतापूर्वक बहन गर्नुपर्ने उनले औँल्याए।