मुस्लिम प्रतिनिधित्वदेखि कांग्रेस रूपान्तरणसम्म: सहमहामन्त्रीमा अब्दुल सत्तारको दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी चर्चामा आएको छ। नेपाल मुस्लिम संघको पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यका रूपमा काम गरिसकेका सत्तारले पार्टीभित्र संगठन सुदृढीकरण, समावेशी प्रतिनिधित्व र बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई थप संस्थागत बनाउने विषयलाई प्राथमिकतामा राख्दै आफ्नो राजनीतिक दाबी अघि सारेका छन्। […]