काठमाडौँ । नेपालबाट चोरी भइ विभिन्न विश्वका देश पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा आजदेखि ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ । सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा नमुना फाउन्डेसन भक्तपुरले कमलविनायकस्थित भोकेसनल एकेडेमीमा आयोजना गरेको महोत्सवको विभिन्न सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन् । […]