काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि भारतीय अधिकारीहरूले विपद् व्यवस्थापनको तयारी तिब्र पारेका छन् । भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो शुक्रबार मध्याह्नसम्म भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको […]