टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुणस्तर र मापदण्डको परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ भने खरिदसम्बन्धी सबै फाइल अदालतमा पेश गर्न आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाई गर्दै अदालतले दुई प्रकारका कागजात झिकाउने र विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल […]