एमालेले ‘षडयन्त्र’ भनेको जेन-जी आन्दोलनलाई कांग्रेसले दियो ‘विद्रोह’को मान्यता

काठमाडौं– तत्कालीन सरकारको नेतृत्व गरेको नेकपा (एमाले)ले जेनजी पुस्ताका युवाहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनलाई देशी विदेशी षडयन्त्र भनेकोमा कांग्रेसले भने त्यसलाई विद्रोहको रूपमा आधिकारिक परिभाषित गरेको छ । कांग्रेसको चालु दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा भदौ २३ र २४ नवयुवाको आह्वानमा विद्रोह भएको उल्लेख गरिएको छ ।  […]