काठमाडौँ। मञ्चमा कुर्सी-सोफाको औपचारिक सजावट थिएन। पार्टीका ठुला कार्यक्रममा देखिने गरी भृकुटीमण्डप झकिझकाउ बनाइएको पनि थिएन। नेताहरू महाधिवेशनस्थलमा छिर्दै मञ्चबाट उक्लिँदै चकटीमा पलेँटी कसेर बसिरहेका थिए। बिहान साढे ११ बजेदेखि कार्यकर्ताको जुलुस एकपछि अर्को गर्दै हलमा छिर्न थाल्यो। न कसैविरुद्ध नाराबाजी थियो‚ न कुनै नेतामाथिको प्रत्यक्ष आलोचना। उनीहरू एउटै स्वरमा भनिरहेका थिए‚ “नेपाली कांग्रेस के […]