इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ । अमेरिकी मध्यस्थतामा वासिङ्टन डिसीमा सुरु भएको यस वार्तालाई सन् १९९३ पछिको महत्वपूर्ण कूटनीतिक प्रयास मानिएको छ । वार्तामा लेबनानका तर्फबाट युद्धविरामको प्रस्ताव मुख्य एजेन्डाका रूपमा राखिएको छ भने इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहको निशस्त्रीकरणलाई आफ्नो प्रमुख शर्त बनाएको छ […]