काठमाडौं। विशेष अदालतले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई २५ लाख रूपैयाँ धरौटीमा तारेखमा राख्न आदेश गरेको छ। विशेषका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले थुनछेक बहसपछि आज (शुक्रबार) धरौटी लिएर तारेखमा राख्न आदेश गरेको हो । भट्टराईलाई धरौटीमा छाड्ने र पुर्पक्षका लागि थुनामा […]