काठमाडौँ। चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको गणेशस्थानमा आज (मंगलबार) यो चलचित्रको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन्। यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन्। चलचित्र नामअनुसारकै […]