मुक्तिनाथ रथयात्रा सम्पन्न, त्रिवेणीधाममा आजदेखि महायज्ञ

नारायणगढ – मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) पुगेपछि सम्पन्न भएको छ। रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ। मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु भएको रथयात्राले देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गरेको थियो। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर फर्किएको रथयात्रामा विभिन्न स्थानबाट भक्तजनको […]