सुनका गहना चोर्ने २० वर्षीय सागर पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले मध्यबानेश्वरमा सुन चाँदीका गरगहनालगायत सामग्री चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका ३१‚ मध्य बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) […]