कर्णालीमा तुइन विस्थापन : १९ झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा

सुर्खेत । नेपाल सरकारले तुइन विस्थापनलाई प्राथमिकतामा राखेसंगै कर्णाली प्रदेशमा झोलुंगे पुल निर्माण कार्यले प्राथमिकता पाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले कर्णालीका विभिन्न जिल्लामा १९ वटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर पुण्यराम सुलुका अनुसार मालीगाढ दुल्लु झोलुंगे […] The post कर्णालीमा तुइन विस्थापन : १९ झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दार्चुलाको महाकालीमा दुई पुल सञ्चालनमा

दार्चुला । दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुंगे पुल सञ्चालनमा आएको छ । महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुंगे पुल निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको हो । झोलुंगे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीवार उद्घाटन गरे । मालघाट र मालघट्टेमा झोलुंगे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । ‘पुल निर्माणले व्यासीको वर्षौंदेखिको पीडामा केही मलम लागेको छ,’ उनले भने, ‘यहाँका स्थानीयलाई बजार आउजाउ गर्न सहज हुने भएको छ ।’ यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । नेपाल–भारत जोड्ने झोलुंगे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतमा सहज भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनले भने, ‘यो पुलले दुवै राष्ट्रको सम्बन्धमा नयाँ आयाम थपिदिएको छ ।’ भारत पिथौरागढ जिल्ला अधिकारी जोशीले वर्षौंदेखिको नागरिकको समस्या झोलुंगे पुल सञ्चालनपछि सहज भएको प्रतिक्रिया दिइन् । ‘नेपाल–भारत दुईदेशीय सम्बन्धमात्र नभई रोटीबेटीको सम्बन्ध अझै मजबुत बनाइदिएको छ,’ उनले भनिन् । झोलुंगे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपैठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ । महाकालीमा झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएसँगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नेपालतिर सडक कालोपत्र भइनसकेको अवस्था व्यासका नागरिकका लागि सहज बाटोका रूपमा भारतीय सडक पर्दछ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् । उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० ओटा झोलुंगे पुल सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा चारओटा पुल सञ्चालनमा ल्याइएको छ । २०७३ सालपछि लेकम–३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्यास गाउँपालिका–६ बडूगाउँ र तिगरममा झोलुंगे पुल निर्माण भएको हो । यसअघि दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्यासको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजिबीमा झोलुंगे पुल सञ्चालनमा छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माण भइरहेको छ । रासस

महाकाली नदीमा दुईओटा झोलुंगे पुल सञ्चालनको तयारी

दार्चुला । महाकाली नदीमा निर्माण भएका दुई ओटा झोलुंगे पुल सञ्चालनको तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुंगे पुल सञ्चालनमा ल्याउन लागिएको हो । पुल निर्माण भएको तीन महीनापछि दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित मलघट्ट झोलुंगे पुल र मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुंगे पुल सञ्चालनको तयारी गरिएको हो । पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले झोलुंगे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘पुल निर्माण सकिएकोबारे हामीलाई पत्र आइपुगेको छ,’ उनले भने, ‘निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौं ।’ झोलुंगे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा खलंगामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठकमा छलफल भएको थियो । प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको भन्दै आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमित गराइने बताए । झोलुंगे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुंगे पुल निर्माण गरेको थियो ।  मलघट्टे तथा मालमा रू. २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडुगाउँमा रू. २ करोड ५५ लाख ६४ हजार लागतमा पुल निर्माण गरिएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतको तर्फबाट कुनै समस्या नभएको धार्चुलाका एसडीएम नन्दन कुमारले बताए । ‘नेपालका तर्फबाट आधिकारिक पत्र आएलगत्तै पुल नियमित सञ्चालनका लागि हामी तयार छौं,’ उनले भने । पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाँडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवतजावतमा सहज हुने मालका बासिन्दा दानसिंह कार्कीले बताए । ‘अहिले त खोला सानो छ, अब बर्खा लाग्दै छ । नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ । निर्माण भएका पुल झोलुंगे छिटो सञ्चालन गर्नुपर्छ,’ उनले भने । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुंगे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकोमा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् । रासस