रू. १ करोड ७३ लाखको स्वास्थ्य सामग्री सहयोग

चितवन । चीनको सिगात्से नगरपालिका एवं सोही नगरपालिकाको वेयन्सिंग एग्रिकल्चर र एनिमल हजबेण्ड्री प्रोडक्ट प्रोसेसिङ कम्पनी लिमिटेडले भरतपुर महानगरपालिकालाई १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दुई संस्थाको प्रतिनिधित्व गरी आएका चाङ्चीङ छिङले आइतवार महानगर प्रमुख रेनु दाहाललाई उक्त मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । सहयोग गरिएका सामग्रीमा हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो १० थान, मध्यमस्तरको १० थान, मेडिकल मास्क ४५ हजार, एन ९५ मास्क ६ हजार ९६० थान, अक्सिजन सिलिण्डर २०० थान, मेडिकल रबर ग्लोब्स १० हजार थान, पिपिइ तीन हजार १५० थान र इसीजी मेसीन पाँच थान रहेका छन् । महानगर प्रमुख दाहालले मित्रराष्ट्र चीनका भगिनी सम्बन्ध राखिएका शहरबाट महानगरलाई नियमित सहयोग हुँदै आएको भन्दै कोभिड नियन्त्रणमा यी सामग्री प्रयोग गरिने बताइन् । यसले स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । ‘यसअघि यसरी नै भगिनी सम्बन्ध भएका चीनका तीन शहरबाट स्वास्थ्य सामग्री प्राप्त भएको थियो । यसबाट हामी निकै उत्साहित भएका छौं,’ उनले भनिन् । स्वास्थ्यकर्मी र कर्मचारीलाई उक्त स्वास्थ्य सामग्रीको सदुपयोग गर्न उनले अनुरोध गरिन् । सो अवसरमा चाङ्चीङले यो सहयोग आउँदा दिनमा पनि निरन्तर हुने बताए । महानगरको नेतृत्वले चीनका नगरसँग राखेको सम्बन्ध भविष्यमा उपयोगी बन्ने उनको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले चीनबाट प्राप्त स्वास्थ्य सामग्री महानगरलाई उपयोगी हुने बताए । महानगरका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपानेका अनुसार यसअघि चीनको ग्रुमु, सिपिङ र सिंगिङ नगरले स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सिगात्सेको यो दोस्रो पटकको सहयोग रहेको उनले बताए । रासस

सम्बन्धित सामग्री

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

चितवन । भरतपुर अस्पताललाई भरतपुर महानगरपालिकाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । महानगरपालिकाले अस्पताललाई रु ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्ण पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । इसिजी मेसिनसहित कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री महानगरले हस्तान्तरण गरेको हो । सो अवसरमा […]

गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग

दमौली, १७ साउन: कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई रु दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी […]

१० लाखको स्वास्थ्य सामग्री सहयोग

वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले १० लाख ६३ हजार ५७९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।...

छिमेक लघुवित्तको स्वास्थ्य सामग्री सहयोग

छिमक लघुवित्तले कोरोना महामारी नियन्त्रण तथा रोकथाकका लागि फ्रन्ट लाइनमा खटिने ट्राफिक प्रहरीको सुरक्षाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । लघुवित्तले संस्थाको सामाजिक उत्तरदायित्वअन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सो स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।उक्त सामग्री संस्थाका नायब महाप्रबन्धक श्री दिपकनिधि तिवारीले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईलाई हस्तातरण गरे […]

एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ / गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ  ।  सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी

अस्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

अस्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। अस्ट्रेलियाले सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिबार काठमाडाैंमा आइपुगेको छ।

चितवनमा सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  मंगलवार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।   चितवन उद्योग संघ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरूलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयला...

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिन्डर, कन्सेट्रेटर स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।  तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका

तीन करोडको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ । शङ्कर ग्रुप र इन्फिनिटी होल्डिङ प्रालिले रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ती दुई समूहले संयुक्तरूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल […]

अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौ : अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको संवादमा अमेरिकी राजदूत रेण्डी बेरीले यस्तो बताएका हुन्। के कस्ता स्वास्थ्य सामग्री कति परिमाणमा आउँछ भन्ने केही दिनमा थाहा हुने उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए। केही दिनअघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजकसँग संवाद गरेका उपप्रधानमन्त्री पोखरेलले खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गरिरहेका छन्। संवादका क्रम