ज्याकलिनद्वारा देश छाडेर भाग्ने कोसिस

भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ । महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ […] The post ज्याकलिनद्वारा देश छाडेर भाग्ने कोसिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पचपन्न रुपैयाँबाट  व्यवसाय शुरू गरेका धरानका कृष्ण राई, जो कृषिबाटै करोडपति बने

धरान (सुनसरी) । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर शहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेशमै ठूलो सम्भावना रहेको देख्छन् । कृषिबाटै नाम र दाम कमाउनु भएको उनि भन्छन्, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अर्ग्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गर्नु भएका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन्, भव्य घर बनाउनुभएको छ । कृषिबाट उनि आफुले मात्र कमाएका  छैनन्, अरुलाई पनि रोजगारी दिएका छन् । कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ विघा किनेका छन् ।  ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनु भएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी  बनाएका छन् । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन् । त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्ने गर्छन् भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्ने गर्छन् । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नु भएको छ भने त्यससँगै माछा पनि पालेका छन् । उनको सोताङ अर्ग्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरेका छन् । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनि बताउँछन् ।            अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको शुरूआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनि भन्छन्, “शुरूमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।” सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देख्नुभयो । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाउनुभयो । “त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उनि सम्झिन्छन्, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।” कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनिका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनि भन्छन्, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।” खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोग्नुभयो तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनि अरुलाई पनि सिकाउँछन् । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन् । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्। उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनि भन्छन्, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’            अर्गानिक गाउँ धरान उपमहानगरपालिका–४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनिकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ । कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्ग्यानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि शुरूका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गर्नु भएको थियो । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे  । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ । बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने बाचा गरे । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । जैविक वनस्पतीकै विषादी बताए। जैविक मल र विषादी बनाउने काम अहिले पनि गरेका छन् । उनि भन्छन्, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अर्ग्यानिक खेतीका अभियन्ता बनेको हुँ ।’’ अर्ग्यानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उनि भन्छन्, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्र्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’ अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्ग्यानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्ग्यानिक कृषि नै रहेको उनि बताउँछन् । बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बन्नु भएका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । परिवारसहित कृषिमै रमाइरहनु भएका राई भन्छन्, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।” रासस

ज्याकलिनले देश छाडेर भाग्ने कोसिस गरेको ईडीको खुलासा

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ । महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म […]

बलिउड अभिनेता इमरान खान डिभोर्स गर्दै

बलिउड अभिनेता इमरान खानकी पत्नी अवन्तिका मलिकले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन् । दुई जोडी केही वर्षदेखि अलग बस्दै आएका छन् ।  यसबीचमा दुई जनाले विवाह बचाउने प्रयास गरिएपनि त्यो सफल हुन सकेन । अहिले आएर दुवैले अलग हुने निर्णय गरेका छन् । छिट्टै डिभोर्सको मुद्दा फाइल गरिदैंछ । सम्बन्धमा तनाव सिर्जना भएपछि सन् २०१९ मे २४ देखि अवन्तिका इमरानको घर छाडेर उनकै आमाबुवासँग बसिरहेकी छन् ।  दुवै तर्फको परिवारले इमरान र अवन्तिकाबीच सम्बन्ध सुधार गर्ने कैयौं कोसिस गरे तर सफल भएनन् ।&nb

काठमाडौँमा गठबन्धन भंगः कांग्रेसले सार्वजनिक गर्यो आफ्ना उम्मेदवार

काठमाडौँ – काठमाडौँमा गठबन्धन भंग भएको छ। तालमेलका लागि अन्तिम समयसम्म कोसिस गरेको दाबी गरे पनि कांग्रेसले आफ्ना उम्मेदवार सार्वजनिक गरेर मनोनयन गर्न निर्देशन दिएको छ। काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा कांग्रेसकी सिर्जना सिंह र उपप्रमुखमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले टिकट पाएका छन्। एकीकृत समाजवादीलाई छाडेर काठमाडौँमा माओवादी कांग्रेसले गठबन्धन गरेका हुन्। माओवादीले दुईवटा प्रमुख […]

सनराइज बैंकले ल्यायो सहकारीको लागि डेबिट कार्ड, भारत र भुटानमा पनि चल्ने

सनराइज बैंकले सहकारी संस्थाहरुको लागि भिसा को -ब्राण्ड डेबिट कार्ड (Visa c0-brand Debit card) संचालनमा ल्याएको छ। सहकारी संस्थाहरुले जारी गर्ने यस कार्ड नेपाल सहित भारत र भुटानमा पनि प्रयोग गर्ने मिल्ने छ ।पायोनियर एसोसियट, सनराइज बैंक र आईमार्कको सहकार्यमा कार्ड जारी गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार हाल पाइलट प्रोजेक्टको रुपमा ५ सहकारी संस्थाहरु मार्फत कार्यक्रम सचालन गरिएको छ।  बैंकले यस आर्थिक बर्ष भित्रमा चार प्रदेशबाट थप न्यूनतम २५ सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। सन् २००६ मा स्थापना भएको पायोनियर एसोसियटले   समय सापेक्ष विभिन्न विद्युतिय वित्तीय पहुँचका औजारहरु (Fintech Apps & solutions) उपलब्ध गराउदै गुणस्तरिय वित्तीय पहुँचमा सहयोग पुराउदै आएको छ । पायोनियर एसोसियटले उपलब्ध गराएको कोशिस सफ्टवेयर हाल एक हजार भन्दा बढी सहकारीहरुले प्रयोग गरिरहेका छन् । त्यस्तै कम्पनीले NEXGen CoSys , लघुवित्त वित्तीय संस्था र लघुवित्त नमूना अनुसरण गर्ने सहकारी संस्थालाई, कृषि उत्पादन, प्रशोधन र बजारिकरण गर्ने कृषि सहकारी संस्थालाई FarmSys, उपभोक्ता भण्डार सञ्चालन गर्ने सहकारी संस्थाकोलाई CoSys Store Sys प्रणाली बिकास गरी वितरण गरेको छ ।त्यस्तै मोबाइल बैंकिड, QR Code सेवा, Management App ब्यबस्थापकलाई तत्कालै जानकारी हुने व्यवस्थापन प्रतिवेदन प्रणाली, सदस्यहरुको घरदैलो तथा ब्याबसाय स्थलमा गइ बचत ऋण किस्ता व्याज आदि संकलन गर्ने कलेक्टर एप (Collector App), गतिशिल सेवाकेन्द्र ( Mobile Counter), साख सूचना ब्यबस्थापन प्रणाली (Credit Information Management Service System), विभिन्न तहबाट प्रगति मूल्यांकन, अनुगमन को साथै प्रतिवेदन प्रणाली, सेवाकेन्द्र कारोवार प्रणाली Inter branch transactions) आदि सेवाहरु उपलब्ध गराउदै आएको छ ।यस प्रकारका सेवा उपभोग गर्ने साझेदार सहकारी संस्थाहरुलाई बिहान ७ बजेबाट बेलुकी ७ बजे सम्म हप्ताको सातै दिन सेवा उपलब्ध गराउदै आएको छ । यसको अतिरिक्त अन्य सेवा प्रदायकको प्रणाली (software) छाडेर कोसिस रोज्ने सहकारी संस्थाहरुलाई तथ्यांक स्थानान्तरण सेवा (DATA Migration) समेत उपलब्ध गराउदै आएको छ । मासिक रुपमा सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुलाई विभिन्न विषयमा तालिम समेत संचालन गर्दै आएको छ ।