एमाले मकवानपुरले गर्‍यो क्षेत्र २ को प्रदेशसभामा तीन जनाको नाम सिफारिस

हेटौँडा : नेकपा (एमाले) मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क)को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिको बैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम सिफारिस गरेको हो। बैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि…

सम्बन्धित सामग्री

यी हुन् मधेसमा जसपाका समानुपातिक सदस्य

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला),शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता

यी हुन् जसपाको मधेसमा समानुपातिक सांसद

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी […]

झापाबाट प्रतिनिधिसभामा मात्रै ११ जना सांसद, प्रदेशसभामा २० जनाको प्रतिनिधित्व

झापाबाट प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्षसमेत गरेर ३१ जना सांसद हुने भएका छन् । झापामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको रहेका छन् । निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेदवार प्राथमिकतामा परेको देखिएको छ । झापामा प्रतिनिधिसभामा पनि ६ जना सांसद सिफारिसमा परेका छन् भने समानुपातिकमा १० जना सिफारिस भएका छन् । झापामा प्रतिनिधिसभामा समानुपातिकतर्फ नेपाली काँग्रेसबाट सरिता प्रसाई,

कर्णालीमा समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस हुँदै

काठमाडौँ : कर्णाली प्रदेशसभामा दलहरुले समानुपातिक सांसद बन्नेको नामावली तयार पारेका छन् । कांग्रेस, एमाले, माओवादी, नेकपा एकिकृत समाजवादी लगायत दलहरुले समानुपातिक सूचि निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् । जसमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बन्नेमा लक्ष्मी सुनार, जानकी सिंह, विजया बुढा, इन्द्रा शाही र बलिमाया बुढा रहेका छन् । यस्तै नेकपा एमालेबाट गमता विश्वकर्मा, दक्षिणा […]

कँडेलको मुख्यमन्त्री मृगतृष्णा

१९ भदौ, सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल फेरि प्रदेशसभामा चुनाव लड्ने भएका छन् । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–२ (क)बाट उनको नाम सिफारिस भएको छ । मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने गरी कँडेललाई प्रदेशसभामा सिफारिस गरिएको एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मी बताउँछन् । ‘प्रदेशका इञ्चार्ज प्रदेशमै चुनाव […]

भदौ २२ भित्र उम्मेदवारको नाम सिफारिस गर्न एमालेको निर्देशन, यस्तो छ मापदण्ड

नेकपा एमालेले भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले बन्दसूचीमा पेस गरिने उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गर्दा अवसरको न्यायोजित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउन निर्देशन दिईएको जानकारी दिए ।उनले जिल्लाबाट केन्द्रमा आउने नाम नै अन्तिम नहुने भएकाले केन्द्रले आवश्यकता ठानेको खण्डमा हेरफेर हुन सक्ने पनि बताए ।प्रत्यक्ष तर्फका उम्मेदवारको नाम सिफारिस गर्दा कम्तीमा १ जना महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ ।उम्मेदवारको नाम सिफारिस गर्दा सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस भएर जिल्लामा आउनुपर्ने र जिल्लाबाट प्रदेश कमिटीमा पुगेर आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गरिनुपर्ने गुरुङले बताए ।गुरुङका अनुसार समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई पुनः नदोहोर्‍याइने पनि बताए । नेकपा एमालेबाट उम्मेदवार बनेर स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई पनि राजीनामा गराएर प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार नबनाइने भएको छ ।

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]

लुम्बिनी प्रदेशसभामा रिक्त समानुपातिक पदका लागि  जसपाले गर्‍यो नाम सिफारिस

लुम्बिनी प्रदेशसभामा रिक्त भएको समानुपातिकतर्फको एक पदमा नियुक्तिका लागि जनता समाजवादी पार्टीले नाम सिफारिस गरेको छ ।

लुम्बिनीको रिक्त समानुपातिक सदस्यमा जसपाकी निर्मला मुडभरी भट्टराईको नाम सिफारिस

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्यमा नयाँ सदस्यको नाम पठाएको छ।