जताततै भ्रष्टाचारको उजुरी : सातौँ तहमा हुँदा नै डीजी अधिकारी भन्थे, 'क्यान हाँक्न आएको हुँ'

'अब हरेक पर्यटन मन्त्रीले मलाइ राम्रो भन्छन् भने मैले चाकडी गरेर राम्रो भएको हो र ? मेरो काम र योग्यताले यो पदमा ल्याइएको हो' क्यानका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो नियुक्तिलगत्तै कुनै एउटा सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा भनेका थिए ।उनैले भनेअनुसार हरेक पर्यटनमन्त्रीका सामु साखुल्ले हुने कला अधिकारीमा छ । मिठो बोली, इन्जिनियरिङ पढेकाले प्राविधिक विषयवस्तुको ज्ञान, बोलीकै भरमा कसैलाई छिटै प्रभाव पार्न सक्ने खुबी र आवश्यक परे पैसा 'पेल्न' सक्ने क्षमताकै कारण अधिकारीलाई मन्त्री मात्र होइन, प्रधानमन्त्रीले पनि नराम्रो भन्न सकेका छैनन् । नागरिक उड्ययन प्राधिकरणका कर्मचारी वृत्तमा 'डीजी साप'का नामले परिचित अधिकारी सातौँ तह (सिभिल इन्जिनियरिङ)को कर्मचारी भएर क्यानमा छिर्दादेखि नै एकदिन डीजी हुन्छु भन्ने थियो । अधिकारी प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतका 'यस म्यान' हुन् । आफू 'मुनाफा'योग्य पदमा बस्न यो वा त्यो रूपमा अधिकारी सबैले भनेको मान्ने गरेका छन् । स्रोत भन्छ, 'सबैसँग डीजी सापको राम्रो छ । बोलीले काम गर्ने ठाउँमा बोली, पैसाले काम गर्ने ठाउँमा पैसा भएपछि के चाहियो ?' राष्ट्रिय गौरवसहितका अन्य विभिन्न आयोजना प्रमुख भएर काम गर्दा अधिकारीले घरमा नअटाउने गरी बोरामा पैसा जम्मा गर्ने गरेको प्राधिकरणकै एक कर्मचारीले बिजपाटीलाई बताए । अधिकारीका कर्तुतबारे प्राधिकरणका कर्मचारीहरूबीच खासखुस नहुने होइन । अधिकांश कर्मचारीहरूमा आफ्नो छबी नराम्रो र 'घुसखोरी' हाकिमका रूपमा रहेको अधिकारीलाई थाहा छ । त्यसैले उनी आफ्नो चाकडी गर्ने सानो टीममा रहेका केहीलाई परिचालन गरेर कसले आफ्नो बारेमा के भन्छ भन्दै जानकारी संकलन गर्ने गर्दछन् । प्राधिकरणका एक कर्मचारीले सुनाएअनुसार एकपटक अधिकारीले भैरहवा विमानस्थलको टर्मिनल भवन डिजाइन र इस्टिमेसन गर्दा भ्रष्टाचार भएको भन्दै मन्त्रालयमा परेको बेनामे उजुरीबारेको समाचार २/३ जना कर्मचारी मिलेर हेरिरहेका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई सम्बोधन गर्दै लेखिएको पत्र मन्त्रालयमा दर्ता भएपछि बिजपाटीलगायत अन्य केही सञ्चारमाध्यमहरूले त्यसबारे समाचार लेखेका थिए । त्यतिबेलै अधिकारीको चाकडी गर्ने एक कर्मचारी आए । समाचार पढेर हाँसिरहेका ती कर्मचारीको मुखमा 'ब्रेक' लाग्यो । अनुहार रातोपिरो भयो । 'उनी केही नबोली फर्किए तर हाम्रो बारेमा डीजी सापलाई नराम्रो सुनाएका रहेछन्,' तीमध्येका एक कर्मचारीले भने, 'भोलिपल्ट डीजी सापले बोलाएर यहाँ काम गर्ने हो भने मेरोबारेमा लेखाइएको नराम्रो समाचार पढेर हाँस्ने होइन । गट इट ? हामीले यस सर भनेर फर्कियौं ।'डीजी अधिकारीविरुद्ध मुद्दा नपरेको कुनै न्यायिक निकाय छैन । 'राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियार, राजश्वदेखि सम्पत्ति शुद्धिकरण कहीं पनि मुद्दा पर्न बाँकी छैन,' क्यानकै एक कर्मचारी दाबी गर्छन्, 'ती मुद्दाहरूको फैसला दूधको दूध र पानीको पानी जसरी हुने हो भने डीजी साप बीसौं वर्ष जेल बस्नुपर्ने मान्छे हुन् ।'क्यानको डीजीमा अधिकारी नियुक्त भएको ८ महिना जति भयो । १२ तहका ५ जना वरिष्ठ कर्मचारी हुँदाहुँदै पर्यटन मन्त्री प्रेम आलेले मोटो रकम ‘घुस’ खाएर उनको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले अधिकारीलाई क्यानको महानिर्देशकमा नियुक्त गरेको चर्चा आजसम्म पनि सेलाएको छैन ।जागिरे जीवन सुरु गरेको १४ वर्षमै वरिष्ठ कर्मचारीहरुलाई पन्छाएर अधिकारी क्यानको ‘डीजी साप’ बन्न सफल भएका हुन् । २०६४ सालबाट ७औँ तह (सिभिल इन्जिनियर) को कर्मचारीका रुपमा उनी प्राधिकरणको जागिरे जीवनमा प्रवेश गरेका थिए ।यसरी कमाए अकुत सम्पत्तिपुर्ख्यौली घर लमजुङ भएका प्रदीप अधिकारी जागिर खानु भन्दा अगाडी नै चितवनको चैनपूरमा बस्न थालिसकेका थिए । २०६४ सालबाट क्यानको सेवामा प्रवेश गरेको भएपनि २ वर्षसम्म उनले खासै ठूलो कुनै जिम्मेवारी पाएनन् । ७औँ तहको कर्मचारीले ठूलो जिम्मेवारी पाउने अवस्था पनि थिएन । तर, अवस्था एकाएक फेरियो । २०६६ सालमा उनी मनाङको चामे विमानस्थलको रन–वे सुधार र नयाँ टर्मिनल भवन बनाउने योजनाको योजना प्रमुख बनाईए । उक्त योजनाको प्रमुख बनेर अधिकारीले मोटो रकम हात पारे ।त्यसपछि उनले फर्केर हेर्नु परेन । ‘ब्याक टू ब्याक’ मालदार परियोजनाको आयोजना प्रमुख बनिरहे ।लगत्तै, २०७० सालमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको परियोजना अघि बढ्यो । २०७२ सालको भूकम्पले पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम रोकियो । तर, यहीँ मौकामा उनले मुआब्जा वितरणमा मनग्य घोटला गरेको आरोपमा परेका उजुरी आज पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणको तामेलीमा छन् ।पोखरा अन्तराष्ट्रिय विमानस्थलको आयोजना प्रमुख रहेकै बेला तत्कालिन महानिर्देशक सञ्जिव गौतमलाई प्रलोभनमा पारेर उनी २०७३ सालमा भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको पनि आयोजना प्रमुख बने । सोही वर्ष प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको समेत काम हेर्ने गरी ३ वटै अन्तराष्ट्रिय विमानस्थलको एकैपटक आयोजना प्रमुख बने । सञ्जिव गौतमले तीनकुनेस्थित कार्गो भवनमा ‘कोअर्डिनेटर अफिस’ राखिदिए । अनि उनै प्रदीपले आफूले चाहेको व्यक्तिलाई ‘फिल्ड इन्चार्ज’ बनाएर खटाए । आफू भने काठमाडौँमै बसेर ३ वटै राष्ट्रिय गौरवका अन्तराष्ट्रिय विमानस्थल आयोजनाको आयोजना प्रमुख बने ।रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएपछि मौलाएको प्रदीपको धन्दा१५ फागुन २०७५ मा तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भयो । पाथिभरा दर्शन गरेर काठमाडौँ फर्किने क्रममा अधिकारी सवार हेलिकप्टर ताप्लेजुङको फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा तत्कालिन मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाए ।ज्यान गुमाउनेमा प्राधिकरणका इन्जिनियर (सिभिल चीफ) ध्रुबदास भोछिभया पनि थिए । भोछिभयाको दुर्घटनामा मृत्यु भएपछि खाली रहेको सिभिल चीफमा प्रदीप अधिकारीले बाजी मारे ।३ वटै ठूला विमानस्थल निर्माण परियोजनाको आयोजना प्रमुख र क्यानको सिभिल चीफ एकैपटक भएपछि उनले अकुत सम्पत्ति आर्जन गर्न सफल भएको क्यान स्रोत बताउँछ । ‘त्यतिबेला देखि नै उहाँले म अब चाँडै डीजी बन्छु भन्ने सपना देखिसक्नु भएको थियो’ स्रोत भन्छ, ‘किनकी उहाँले करियर सुरु गरेको १०/११ वर्षमै क्यानलाई भार पर्ने गरी मुआब्जा वितरण, ठेक्का पट्टामा सेटिङ र परामर्शदाता छनोटमा समेत सेटिङ मिलाएर कमाउनुसम्म कमाउनु भएको थियो ।’अनि राजन पोखरलेलले जिम्मेवारी खोसिदिए...१२ असार २०७६ मा प्राधिकरणको महानिर्देशक बनेका राजन पोखरेललाई समेत प्रलोभनमा पारेर प्रदीपले आफ्ना योजना ‘फत्ते’ गराउने कसरत गरेका थिए । तर, राजन पोखरेलले विस्तारै प्रदीपलाई रुचाउन छोडेका थिए ।राजनीतिक शक्ति देखाएर प्रदीपले त्यतिबेलाका महानिर्देशक पोखरेललाई प्रभावमा पार्न भने खोजेका थिए । तर, राजनले उल्टै आफू अवकाश हुनु अघिल्लो दिन प्रदीपको ‘सिभिल चीफ’को जिम्मेवारी खोसिदिए ।पोखरेलले २०७८ असोज ७ गते अनिवार्य अवकाश पाउनु अघिल्लो दिन असाज ६ गते प्रदीप अधिकारीलाई सिभिल चीफको जिम्मेवारीबाट हटाईदिएका थिए । त्यसपछि उनले उक्त जिम्मेवारी मुरारी भण्डारीलाई दिएका थिए ।जिम्मेवारी खोसिएपछि प्रदीप ‘म राजनलाई नकुटि छोड्दिन’ भन्दै जंगिए । उनै प्रदीपले मान्छेका अगाडी हात हालेर बेइजत गर्न सक्ने डरले राजन औपचारिक बिदाईसमेत भएनन् । राजन पोखरेलले आफू अनिवार्य अवकाशमा जाँदा राजकुमार क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएका थिए । क्षेत्री जम्मा ३ महिना मात्रै ‘फूल डिजी’ भए । त्यसपछि राजनीतिक शक्ति केन्द्रलाई रिझाएर उनै विवादित प्रदीप अधिकारीले क्यानको महानिर्देशक पद हत्याए ।यसअघिः‘काण्डैकाण्ड’ले थिचिएका डीजी सापः जसले ‘फास्ट ट्रयाक’बाट यसरी कमाए अर्बौ सम्पत्ति–२‘काण्डैकाण्ड’को चाङले थिचिएका ‘डीजी साप’ उर्फ प्रदीप अधिकारी–१‘हाकिम’बाटै पोखरा विमानस्थलमा करोडौँ घोटाला, जग्गाको भाउ बढाउन रातारात बाटो खनियो

सम्बन्धित सामग्री

न्यायाधीशविरुद्धकै उजुरी छिन्न ढिलाइ

परिषद्मा २९० न्यायाधीशविरुद्धका उजुरी छिन्न बाँकी छन्। कतिपय उजुरी चार वर्षदेखिका छन्।

कर्मचारीले नै उजुरी लेखिदिने

सर्लाही : जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ। बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो। बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा  पाँच सयदेखि एक हजारसम्म लिने गरेको सेवाग्राहीबाट

बाँकेमा मिटरब्याजीविरुद्ध उजुरी

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए।...

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा १,४३२ उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी ५५७, हुलाकमार्फत २७२, इमेतमार्फत २५३, वेभसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य गरी २५ उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा  ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४

गत आर्थिक वर्ष अख्तियारमा २४ हजार भन्दा बढी उजुरी, के मार्फत पर्छ धेरै उजुरी ?

आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् । हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्ने गर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लि

लमजुङका एक उम्मेदवारविरुद्ध उजुरी

लमजुङ– आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मर्स्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले जानकारी दिए । उनले भने, ‘कतिला विरुद्धमा […]

लमजुङमा एमालेका उम्मेदवारविरुद्ध उजुरी

आसन्न स्थानीय तहको निर्वाचनका लागि लमजुङमा एक जनाको दाबी विरोधको उजुरी परेको छ । आज तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको मस्र्याङ्दी गाउँपालिकाको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए । उनले भने, “कतिला विरुद्धमा नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएको छ ।” केही महिना अघि

उजुरी पेटिकामा पर्दैनन् उजुरी

अहिले सरकारी कार्यालयमा राखिएका उजुरी पेटिकामा उजुरी पर्दैनन् । सङ्घ, प्रदेश र स्थानीय तहका अधिकांश सरकारी कार्यालयमा राखिएका उजुरी पेटिका प्रायः रित्तै हुने गरेका छन् । कतिपय कार्यालयको गुनासो पेटिकामा भने माकुरा र बारुलाको राज हुने गरेको छ । गुनासो पेटिका खोल्दा प्रायः बाकस खाली पाइएको सम्बन्धित कार्यालयले जनाएका छन् ।काठमाडौँको बूूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले आफू निर्वाचित भएर आएको करिब पाँच वर्षमा उजुरी पेटिकामा एउटा पनि उजुरी नपरेको बताए। नागरिकले चित्त नबुझेको कुरा सीधै जनप्रत

३६७ जना प्रहरीविरुद्ध उजुरी

काठमाडौं, पुष १३ । गत साउनदेखि मंसिरसम्म कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा उजुरी परेको हो । उजुरी परेकामध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । २२९ वटा घटनाको छानबिन […]