जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिनेगरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्