दीपकराजको व्यङ्ग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ...!

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् । पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् । ‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?&