नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले पार्टीमा खारिएर मात्रै नहुने भन्दै पार्टी हाँक्न नेतामा विभिन्न विशेषता चाहिने बताएका छन् । आफ्नो उम्मेदवारी घोषणासभा कार्यक्रममा बोल्ने क्रममा सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका सिंहले पार्टी चलाउन विभिन्न विशेषता हुनुपर्ने बताएका हुन् । उनले देउवालाई नेता कार्यकर्तामाथि अन्याय गर्ने नेतृत्वको संज्ञा दिँदै सिंहले २७ गते हुने चुनावमा कार्यकर्ताले उनलाई भोट हालेमा हामी अन्याय नै सहन तयार छौँ भन्ने सन्देश जाने ज