यातायात कार्यालयबाट ९ जना बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट आज नौ बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा जबरजस्ती […]