ओलीलाई गलाउन देशभर सडक संघर्षमा प्रचण्ड - माधव समूह, भृकुटीमण्डपमा ४० हजार मान्छे उतार्ने तयारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल समूहले सडक संघर्षलाई सशक्त बनाउँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै यो कदम असंवैधानिक भन्दै प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रेको हो। यसैको विरोधमा यो समूहले आज देशभर प्रदर्शन गर्दैछ। वागमती प्रदेशको