राजस्वमा इन्धनको योगदान उच्च

वीरगञ्ज। वीरगञ्ज भन्सारबाट हुने राजस्व संकलनमा आधाजसो योगदान इन्धन आयातको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मङ्सिरसम्ममा भन्सारले उठाएको कुल राजस्वमा ४६ दशमलव ९६ प्रतिशत पेट्रोलियम पदार्थको आयातबाट आएको देखिन्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवका पछिल्ला महीनामा इन्धन आयात बढेको छ ।  गत मङ्सिरमा उठेको कुल राजस्वमा इन्धनको योगदान ५३ दशमलव ९० प्रतिशत रहेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिएका छन् ।  वीरगञ्ज इन्धन भित्रिने मुख्य नाका हो । मोतिहारी–अमलेगखगञ्ज पाइपलाइन र स्थलमार्ग हुँदै यो नाकाबाट पेट्रोलियम पदार्थ भित्रिने गरेको छ । यो नाकाबाट चालू वर्षको शुरूका ५ महीनामा ३७ करोड ९ लाख २० हजार लिटर डिजेल, १६ करोड २० लाख ४६ हजार लिटर पेट्रोल, ६ करोड ८२ लाख २४ हजार लिटर हवाई इन्धन, ११ करोड ४७ लाख ८२ हजार १८१ किलो एलपी ग्यासलगायत पेट्रोलियम पदार्थ भित्रिएको वीरगञ्ज भन्सारले बताएको छ ।  कुल राजस्वमा सवारीसाधनको योगदान ९ प्रतिशत रहेको भन्सारले बताएको छ । बढ्दो ब्याजदर र बजार माग खुम्चिएपछि सवारीसाधनको आयात घटेको भन्सारका अधिकारीहरूले बताए । यो नाकाबाट जीप कार भ्यान, मोटसाइकल, ट्रक र बसका चेसिस, सवारीसाधनका पार्टस्, विद्युतीय सवारीसाधन आयात हुन्छन् । पछिल्लो समयमा अनएसेम्बल मोटरसाइकलको आयात बढेको भन्सारको तथ्यांकले देखाउँछ । स्वदेशमै मोटरसाइल एसेम्बल उद्योग खुलेकाले यस्तो आयात बढेको हो ।  वीरगञ्ज नाकाको कुल व्यापार र राजस्व दुवै खस्किएको छ । चालू आवको ५ महीनामा कुल आयातनिर्यात २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ बराबर छ । अघिल्लो आव २०७९/८० को सोही अवधिमा यो ३ खर्ब १० अर्ब ८ करोड रुपैयाँ बराबर थियो । वीरगञ्ज नाकाबाट भएको आयातनिर्यातमा मात्रै २ खर्ब २९ अर्व ८९ करोड रुपैयाँ व्यापारघाटा पुगेको देखिन्छ । सरकारले आयातमा सबै खालका प्रतिबन्ध हटाए पनि वैदेशिक व्यापारमा सुधार आउन नसकेको तथ्यंकहरूले देखाउँछन् । आयात घटेपछि वीरगञ्ज भन्सारले उठाउने राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन । यो भन्सारलाई मङ्सिरसम्मका लागि ९८ अर्ब ५६ करोड रुपैयाँको लक्ष्य दिइएको थियो । उक्त अवधिमा ६२ अर्ब रुपैयाँमात्र उठाउन सकिएको सूचना अधिकारी ढकालले बताए । यो लक्ष्यको तुलनामा ६२ दशमलव ९१ प्रतिशत हो । गत आवको सोही अवधिमा ६३ अर्ब ४५ करोड रुपैयाँ राजस्व उठेको थियो ।

सम्बन्धित सामग्री

दाहालको ‘एक पटकमा एक योगदान’ अभियान सुरु

संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ।

जनप्रतिनिधिले मतदाताको योगदान भुल्न हुँदैन : परराष्ट्रमन्त्री साउद

बैतडी : परराष्ट्रमन्त्री एनपी साउदले जननिर्वाचित प्रतिनिधिहरुले मतदाताको योगदान भुल्न नहुने बताएका छन्।नेपाली कांग्रेस बैतडीले शनिवार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफूलाई मत दिएर जिताउने मतदाताको योगदान भुल्न नहुने उल्लेख गरे।'जुनसुकै तहको सरकारमा भए पनि हामी जनप्रतिनिधिहरुले हामीलाई यो स्थानमा पुर्याउने मतदाताहरुको योगदान बिर्सन हुन्न', मन्त्री साउदले भने, 'हाम्रो भन्दा ठूलो योगदान उहाँहरुको छ, जसले हामीलाई जिम्मेवारी दिनु भएको छ।'मतदातास

कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान

सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान नगन्य थियो । ग्लोबल इकोनोमी डटकमले त्यस बेला प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान केवल ०.७१ प्रतिशत थियो । जबकि सन् २०२१ मा अरुबा भन्ने सानो टापु देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१.२६ प्रतिशत […]

जीडीपीमा कुन प्रदेशको कति योगदान ? (सूचीसहित)

काठमाडौं,२ जेठ । चालु आर्थीक वर्षको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा प्रदेशहरुको अनुमानित योगदानको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको देखिएको छ भने सबैभन्दा कम योगदान कर्णाली प्रदेशको रहेको छ । कार्यालयका अनुसार बागमती प्रदेशको जीडीपीमा योगदान १९ खर्ब ८१ अर्ब रहेको छ यो […]

प्रत्यक्ष वैदेशिक लगानीः जीडीपीमा योगदान कमजोर

काठमाडौं, माघ १७ । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान कमजोर देखिएको हो । जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान शून्य दशमलव ५४ प्रतिशत मात्रै रहेको […]

‘मुठीभरको योगदान’ पुस्तक विमोचन

शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित ‘मुठीभरको योगदान’ पुस्तक विमोचन भएको छ।...

राजस्वमा चौधरी ग्रुपको १.७३ प्रतिशत योगदान

चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको राजस्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ ।नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष सरकारको कुल राजस्वमा चौधरी ग्रुपको योगदान १.७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समुहबाट सरकारको […]

घट्यो जिडिपीमा कृषि र उद्योग क्षेत्रको योगदान

काठमाडौं। प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने प्रक्षेपण गरेको बताएका छन्। आव २०७३/७४ को जिडिपीमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १४.६ प्रतिशत थियो। तर, गत आर्थिक वर्षसम्म घटेर कृषि क्षेत्रको योगदान २५.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत हुने अर्थ मन्त्रालयले अनुमान छ।

ज्योतिष शास्त्रमा यसरी योगदान दिए वेदव्यासले

ज्योतिष शास्त्र वेदको ६ अंगमध्येको एक हो । जसका कारण वेदलाई लिपिबद्ध गर्ने श्रेय पाएका वेदव्यासले नै ज्योतिष शास्त्रको विकासमा योगदान दिएको शास्त्रीय मानिन्छ । धेरै ऋषिमुनिहरूले ज्योतिष विद्याको तयारीको लागि आ-आफ्नो तर्फबाट योगदान गरेका छन् । यी सबै प्रयासहरूको माध्यमबाट ज्योतिष शास्त्र आफैँमा व्यक्तिको भूत, भविष्य र वर्तमानलाई जान्न सक्ने शास्त्रको रुपमा विकास भयो […]

सहकारी क्षेत्रको योगदान महत्वपूर्ण : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन् । नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैह्र राजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए । सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै बिपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए । तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर