अर्थतन्त्र चलायमान बनाउनुपर्ने भन्दै चितवनका व्यवसायीले अर्थमन्त्री र गभर्नरलाई पठाए ज्ञापनपत्र

चितवन । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ ।  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार विभिन्न माग सहित चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत ज्ञापन पत्र पठाएको हो । महासंघका केन्द्रिय उपाध्यक्ष डा. तिलचन्द्र भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय चितवन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापन पत्र बुझाएको हो । सरकार तथा मातहतका निकायहरु एवं नेपाल राष्ट्र बैंकका अब्यवहारिक नीतिका कारण अहिले उद्योगी व्यवसायीका साथै समग्र अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दु बरालद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ । एकातिर विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ को माहमारी र युक्रेन–रुस युद्धको प्रभावले अर्थतन्त्र थलिएको छ भने अर्कोतर्फ सरकारले लिएको नीति नियमले थप जटिल बनाउँदै लगेको ज्ञापनपत्रमा उल्लेख छ । थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम ब्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने भन्दै राज्यका निकायहरुबाट वेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी ब्यवसायी ब्यवसाय छोडेर पलायन हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्‍याएको प्रति गम्भिर ध्यानकर्षण भएको जनाईएको छ । नीतिगत ब्यवस्था एवं अवरोधपूर्ण कार्यमा सुधार ल्याई देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलगायत राज्यका सरोकारवाला निकायहरुले  उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम चाल्नुपर्ने माग गरिएको छ । अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम नचाले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रमहरु सहित आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख छ । व्यवसाय संचालन गर्दा उद्योगी व्यवसायीहरुलाई आफु संरक्षित भएको महसुश गराउन माग गर्दै ज्ञापन पत्रमा चालु पुँजी कर्जा निर्देशिकामा पुर्नविचार गर्नुका साथै चर्को ब्याजदरलाई घटाउन माग गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनका अध्यक्ष इमान्दु बराल, वरिष्ठ उपाध्यक्ष थिर प्रसाद धिताल (कृष्ण), केन्द्रिय सचिवालय सदस्य शंकर नेपाल, केन्द्रिय सदस्य दुर्गा प्रसाद गौतम, जिल्ला कोषाध्यक्ष मुकुन्द प्रसाद गौतम, भरतपुर महानगर संयोजक इश्वर राज भण्डारी, सचिव गौरव पौडेल, सदस्य बलराम सिटौलालगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित सामग्री

अर्थतन्त्रको संकट : अर्थमन्त्री निश्चिन्त, प्रधानमन्त्रीले डाके निजी क्षेत्र

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारे सम्बद्ध मन्त्रालय र निकायबाट ‘ब्रिफिङ’ लिएका छन् । सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगलाई सरकारी निवास बालुवाटारमा बोलाएर अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे जानकारी लिएका हुन् । आफ्नो ११ महिनाको कार्यकालमा अर्थतन्त्र चलायमान गराउन भन्दै घरजग्गाको वर्गीकरणको नीतिलाई उल्ट्याउने बाहेक […]

चलायमान अर्थतन्त्र र रंगीन चाड दसैं

देशकै ठूला चाडहरू दसैं, तिहार, छठ आदि पर्वमा देशको अर्थ बजार बढी चलायमान हुन्छ । पुँजीगत खर्च गरेर विकास निर्माणका कामबाट अर्थतन्त्र चलायमान हुनुपर्नेमा अनुत्पादक क्षेत्र खाना र मनोरञ्जनमै बढी खर्च हुने हाम्रो देशको अवस्था उल्टो गतिमा चलेको छ । यतिबेला नै राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याइदिन्छ । मानौं, राष्ट्रिय मूल चाडबाड देशमा छैनन् […]

आगामी आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने संकेत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गर्नुभयो । राजस्व र पुँजीगत खर्च बढाउने तथा साधारण खर्च घटाउने विषयमा सरकार […]

बैंक बलियो भएमात्रै देशकाे अर्थतन्त्र बलियाे हुन्छ : शेखर गोल्छा

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।  सोमवार काठमाण्डौमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनाैतीपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले तरलताको अभावमा व्यापारहरु सङ्कुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताउनु भयो । उहाँले वर्तमान अव...

अर्थतन्त्र चलायमान हुने खालका मौद्रिक नीति ल्याउन सांसदको सुझाव

अर्थतन्त्र चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सांसदहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । संघीय संसद्को अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा सोमबार गरेको छलफलमा सांसदहरूले अर्थतन्त्र संकटमा रहेकाले अवस्था थप नबिग्रने र आर्थिक गतिविधि चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् ।

अर्थतन्त्र चलायमान हुने खालका मौद्रिक नीति ल्याउन सांसदको सुझाव

अर्थतन्त्र चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सांसदहरूले राष्ट्र बैंकलाई सुझाव दिएका छन् । संघीय संसद्को अर्थ समितिले आगामी मौद्रिक नीतिका सम्बन्धमा सोमबार गरेको छलफलमा सांसदहरूले अर्थतन्त्र संकटमा रहेकाले अवस्था थप नबिग्रने र आर्थिक गतिविधि चलायमान हुने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका हुन् ।

अर्थ व्यापार संवाद–समृद्धिका लागि अर्थ व्यापार संवाद–समृद्धि

मुलुकको अर्थतन्त्र जर्जर बन्दै गएको चौतर्फी महसुस गरिएको छ । देशको अर्थतन्त्र चलायमान बनाउन अस्पष्ट सरकारी नीति, योजनाका कारण उद्योगदेखि वित्तीय क्षेत्र संकटग्रस्त बन्न थालेको छ । लगानी बढी र निक्षेप कम रहेको भन्दै बैंकले तरलता अभाव देखाउँदै कर्जा प्रवाह रोकेको छ भने व्याजलाई चर्काउँदै लगेको छ । उद्योग, व्यापार व्यवसायका लागि अनुकूल स्थिति हुनुपर्नेमा […]

विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन : ओमिक्रोनका कारण अर्थतन्त्र थप जोखिममा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण विश्व अर्थतन्त्र जोखिममा परेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदन’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२२ र २०२३ मा संसारभरिको अर्थतन्त्रलाई नयाँ भेरियन्टले जोखिममा पार्ने आकलन गरेको हो । ओमिक्रोनका कारण आर्थिक गतिविधिमा प्रभाव पर्ने, मूल्यवृद्धि हुने तथा अन्योल बढ्ने पनि अनुमान प्रतिवेदनमा गरिएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने दाबी गर्दै आए तापनि विश्व बैंकले भने त्यो दाबीविपरीत आफ्नो प्रक्षेपणसमेत सार्वजनिक गरेको छ । प्रतिवेदनमा चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । त्यसै गरी, आगामी आवमा पनि आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण छ । कोरोना विरुद्धको खोप अभियान र यसले अर्थतन्त्र चलायमान भइरहेको अवस्थामा यो वृद्धिदर प्राप्त हुन सक्ने अनुमान विश्व बैंकको छ । अर्थमन्त्री जनार्दन शर्मासहित अर्थ मन्त्रालयका अधिकारीहरूले यो वर्ष निर्धारण गरिएको आर्थिक वृद्धिदर पूरा भइछाड्ने दाबी गर्दै आए पनि चालू आवमा तरलताको समस्या देखिरहनु र पूँजीगत खर्चसमेत कमजोर रहिरहँदा यो लक्ष्य पूरा नहुने भन्दै प्रश्न उठ्दै आएको छ । राष्ट्र बैंकले समेत ४–५ प्रतिशतभन्दा बढी चालू आवमा आर्थिक वृद्धिदर प्राप्त गर्न मुश्किल पर्ने बताउँदै आएको छ । यस्तै, गत आव २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशतमा सीमित भएको र प्रतिवेदनले चालू वर्ष पनि नेपालको अर्थतन्त्र सुस्त तरीकाले बढ्ने विश्व बैंकको आकलनले पुष्टि गरेको छ । कोरोना महामारीका कारण आव २०७६/७७ मा नेपालको अर्थतन्त्र करीब ४ दशकपछि नकारात्मक हुँदै २ दशमलव १ प्रतिशतले ऋणात्मक वृद्धि भएको थियो । विश्व अर्थतन्त्रमा कस्तो होला ? विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२२ मा सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्ने देखिएको छ । त्यो देशकोे ११ प्रतिशत वृद्धि प्राप्त हुने अनुमान छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८ दशमलव ३ प्रतिशतको वृद्धिदर भेटाउनेछ भने भुटानले ५ दशमलव १ प्रतिशतको वृद्धिदर भेटाउने प्रक्षेपण गरिएको छ । समग्रमा दक्षिण एशियाको आर्थिक वृद्धिदर सन् २०२२ मा ७ दशमलव ६ प्रतिशत हुने अनुमान छ । सार्क मुलुकमा व्यापार, पर्यटन सेवामा महामारीभन्दा अगाडिको स्तरमा पुग्न नसकेको प्रतिवेदनले औंल्याएको छ । विश्वभरि मुद्रास्फीति, सरकारहरूको ऋण, धनी र गरीबबीचको असमानता थप चर्किने पनि अनुमान गरिएको छ । सन् २०२२ मा विश्व अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले र २०२३ मा ३ दशमलव २ प्रतिशतले बढ्ने आकलन प्रतिवेदनले गरेको छ ।

उत्पादनमूलक उद्योग सञ्चालन गरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव

उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन गण्डकी प्रदेशबासीले सरकारलाई सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनीहरुले कोरोना प्रभावित भएको अवस्थामा उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन सुझाव दिएका हुन् ।कोरोनाले प्रभावित भएको अवस्थामा प्रदेशको […]